Toggle Menu

समाचार

APF News
निःशुल्क स्वास्थ्य शिविर संचालन तथा पिउने पानी वितरण

     सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालको सहयोग तथा
चन्द्रागिरी नगरपालिका र मच्छेनारायण मन्दिर व्यवस्थापन समितिको
सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा पिउने पानी वितरण गरेको
छ ।
        सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी
जैसीको प्रमुख आतिथ्यतामा साउन २७ गते मच्छेनारायण मन्दिरमा भईरहेको
पुरुषोत्तम मलमास मेलामा पाल्नुहुने भक्तजनहरुको लागि निःशुल्क स्वास्थ्य
परिक्षण र पिउने पानी वितरण गरिएको हो । ३७ जना महिला र ५३ जना पुरुष गरी
जम्मा ९० जना भक्तजनहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
        कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष, सशस्त्र
प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, मच्छेनारायण मन्दिर व्यवस्थापन
समितिका अध्यक्ष लगायत नेपाल एपीएफ अस्पतालका चिकित्सक तथा
स्वास्थ्यकर्मीहरु र अन्य सर्वसाधारणहरुको समेत उपस्थिती रहेको थियो ।

2080-04-27
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सातौ‌ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सातौं एपीएफ कमाण्ड तथा स्टाफ
कोर्षको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित दिक्षान्त समारोहका
बीच साउन २६ गते समापन गर्नुभएको छ ।
        समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र
समारोहका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र
संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेज
काठमाडौंमा संचालित सो कोर्षमा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी
नायव उपरीक्षक सचिन कर्मचार्यलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’,
‘बेस्ट रिसर्च अवार्ड’ र ‘बेस्ट एकेडेमी अवार्ड’ प्रदान गर्नुभएको थियो ।
        कार्यक्रममा महानिरीक्षक अर्यालले प्रशिक्षार्थी अधिकृतहरुलाई उक्त
कोर्षको अध्यापन गराउने कार्यमा विशेष भूमिका निर्वाह गर्नुहुने डा.सोहन
कुमार कर्ण, डा.नरेश रिमाल र नारायण अधिकारीलाई प्रशंसापत्र समेत प्रदान
गर्नुभयो ।
        उहाँले यस प्रकारको शैक्षिक र व्यावसायिक शिक्षाले संगठनमा आवद्ध
अधिकृतहरुको व्यक्तित्व विकास गर्नुको साथै सकारात्मक सोच, उदाहरणीय तथा
योग्य कमाण्डर निर्माणमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
        उहाँले सशस्त्र प्रहरी अधिकृतहरुले कोर्ष समापन पश्चात व्यावसायिक
जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान
पुर्‍याने उल्लेख गर्नुहुँदै कार्यक्षेत्र परिचालित हुँदा सांगठनिक
लक्ष्य प्राप्तीमा नेतृत्वदायी र प्रेरणादायी भूमिका निर्वाह गरी
त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
        समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा
सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले सुरक्षा
चुनौतीहरुलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञान
अपरिहार्य रहने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व
विकास तथा क्षमता अभिबृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त
गर्नुभयो ।
        एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति,
द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास,
चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति
तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापनलगायत सुरक्षा,
विकास र शान्ति जस्ता विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ । सो
कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा
सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री)को मान्यता
प्राप्त रहेको छ ।
        सो कोर्षमा प्रशिक्षार्थी अधिकृतहरुलाई कार्यशाला गोष्ठी,
विशेषज्ञहरुसँग अन्तरक्रिया लगायतका शैक्षिक र व्यावसायिक गतिविधिहरुमा
सहभागिता गराउनुकासाथै स्वदेश तथा विदेशमा अध्ययन भ्रमणसमेत गराईएको थियो

        १५ महिना अवधिको सो कोर्षमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक १, सशस्त्र
प्रहरी उपरीक्षक ३ र सशस्त्र प्रहरी नायव उपरीक्षक ४ जनाको सहभागीता
रहेको थियो ।
        समारोहमा अनुसन्धानमा आधारित लेख, सुरक्षा, विकास, विपद्, देशको
सीमानालगायत अन्य समसामयिक विषयहरु समेटिएको एपीएफ कमाण्ड तथा स्टाफ
कलेजको जर्नल अनावरणसमेत गरिएको थियो ।
         समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाली सेनाको
सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका कमाण्डेन्ट, सशस्त्र प्रहरी
अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य
अनुसन्धान निर्देशक, गृहमन्त्रालयका सहसचिव, नेपाली सैनिक प्रतिष्ठान
खरिपाटीका कमाण्डेन्टलगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, एपीएफ
कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका निमित्त
समादेशकलगायत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत
तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
 

2080-04-26
APF News
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतबाट स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको समुद्घाटन


माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा नवनिर्मित ‘स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र’को साउन २५ गते समुद्घाटन गर्नुभएको छ ।
स्वास्थ्य सेवा विभागको समन्वयमा नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण भएको उक्त केन्द्रले नेपाल एपीएफ अस्पतालको फोहोेर संकलन गरी निर्मलीकरण गर्र्ने तथा पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोर छुट्याई व्यवस्थापन गर्ने छ ।
उद्घाटन समारोहमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले नेपाल एपीएफ अस्पतालले कोभिड महामारीको समयमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै आगामी दिनहरुमा समेत स्वास्थ्य सेवाका क्षेत्रहरुमा अझ उत्कृष्ट सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल एपीएफ अस्पतालले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको स्थापना गरी उत्कृष्ट कार्य प्रणालीको सुरुवात गरेको उल्लेख गर्नुहुँदै अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नभएमा संक्रामक रोगहरु फैलन सक्ने जोखिम बढी हुनेहुँदा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरुले संवेदनशील भई स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो  ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ अस्पतालले वातावरणीय प्रदुषण कम गर्नेतर्फ सचेत र सजग भई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको बताउनुभयो ।
उहाँले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापनामा विशेष सहयोग पुर्‍याउने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जर्मन विकास सहयोगलगायत विभिन्न संघसस्थाहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागका पदाधिकारीहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

2080-04-25
APF News
अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बाढिमा फसेकाहरुको सकुशल उद्धार

        अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बाढिमा फसेकाहरुको सशस्त्र
प्रहरीले सकुशल उद्धार गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालिका ४ स्थित
लाल बकैया खोलामा फसेका चार जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल
उद्धार गरेको छ ।
        सोही नगरपालिका ४ बस्ने ४४ वर्षिय शेख हुसेन, ५९ वर्षिय शेख दाउत र ४५
वर्षिय समसुल शेख घाँस काटी फर्कने क्रममा एक्कासी पानीको वहाव बढि
खोलाको किनारमा फसेका थिए ।
        सो बारे जानकारी पाउनासाथ सुरक्षा बेश फतुहाबाट विपद् उद्धार
सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
        यसैगरी सर्लाही जिल्लाको धनकौल गाउँपालिका ४ मैनाथपुर खोलामा पानीको
वहाव बढ्न गई अड्किएका १ सय ५० जनाको सशस्त्र प्रहरीले साउन २३ गते सकुशल
उद्धार गरेको छ ।
        घाँस काट्न गएका उनीहरु एक्कासी पानीको वहाव बढ्न गई अड्किएको भन्ने
जानकारी पाउनासाथै नं. १० गण सर्लाहीबाट विपद् उद्धार सामाग्रीसहित
खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
        त्यसैगरी डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका ४ पुन्तुरा खोलामा
अड्किएका दुई जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
        सोही ठाउँ बस्ने १८ वर्षिय महेश भाट र १३ वर्षिय तेज भाट खोला तर्ने
क्रममा एक्कासी पानीको वहाव बढ्न गई खोलाको बीच भागमा अड्किएका थिए ।
        सो लगत्तै बिओपी परिगाउँबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र
प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
 

2080-04-24
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट विशिष्ट व्यक्ति सुरक्षा तालिमको उद्घाटन

        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा
सिनियर अधिकृतहरुको लागि सि.सं.२ विशिष्ट व्यक्ति सुरक्षा तालिम संचालन
भएको छ ।
        सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले साउन २१ गते
सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन
गर्नुभयो ।
        त्यसअवसरमा उहाँले विशिष्ट व्यक्तिको सुरक्षा संवेदनशील र महत्वपूर्ण
जिम्मेवारी रहेको उल्लेख गर्नुहुँदै यस किसिमको जिम्मेवारीलाई त्रुटिरहित
ढंगबाट सम्पादन गर्न मेहनत र लगनशीलताका साथ तालिमबाट बढिभन्दा बढी ज्ञान
अर्जन गर्न प्रशिक्षार्थीहरुले आफुलाई केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

2080-04-21
APF News
ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको औषधिसहित व्यक्ति नियन्त्रणमा

       ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम
लोकमार्गबाट साउन १८ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ

        काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षिय
ज्ञानेन्द्र कुमार सापकोटालाई नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो

        बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको
ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै  गरेको १ लाख ३१ हजार ७ सय ६० वटा
ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन
ट्याब्लेट सहित उनलाई नियन्त्रणमा लिईएको हो । उनी ट्रकका चालक रहेका छन्

        साथै ट्रकमा लोड गरी ल्याउँदै गरेको करीव १४ लाख ४६ हजार रुपैयाँ
बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरको बिलविजक फेला नपरेपछि उक्त
लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिईएको हो ।
        नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागि
औषधी व्यवस्था विभाग शाखा कार्यालय बिरगंजमा र बरामद लत्ताकपडा,
प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा
बुझाईएको छ ।

2080-04-18
APF News
राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीद्वारा प्रधान कार्यालयको निरीक्षण भ्रमण

        राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले साउन १८ गते सशस्त्र
प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ ।
        उहाँले राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको
सुरक्षा हेतु विद्यमान समयमा राष्ट्रिय सुरक्षाका सम्बन्धमा समयमै
सम्बोधन गर्दै लगिनुपर्ने विभिन्न विषयहरु रहेको हुँदा सम्पूर्ण सुरक्षा
निकाय लगायत सरोकारवाला निकायहरुबीच एकीकृत आपसी समन्वयका साथ सहकार्य
गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र
राष्ट्रिय सूचना प्रणालीको सुरक्षातर्फ पनि सचेत हुन जरुरी रहेको
बताउनुभयो ।
        सशस्त्र प्रहरी बल नेपालले देशको सीमा सुरक्षालाई उच्च प्राथमिकतामा
राखी कार्यसम्पादन गर्दै आईरहेको बताउनुहुँदै सीमा सुरक्षा तथा
व्यवस्थापनमा अझबढी प्रविधि तथा डिजिटल बोर्डरको अवधारणालाई समेट्दै अघि
बढ्नुपर्ने समेत बताउनुभयो ।
        निरीक्षण भ्रमणका क्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले प्रधान
कार्यालयबाट सम्पादन भइरहेका विविध गतिविधि तथा कामकारवाहीहरुको जानकारी
लिनुका साथै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित संग्रहालय र
केन्द्रीय समन्वय कक्षको अवलोकन समेत गर्नुभएको थियो ।
        उहाँले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी
अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज
दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा बाहिनी
मुख्यालयका बाहिनीपतिहरुसँग प्रत्यक्ष भीडियो मार्फत राष्ट्रिय
सुरक्षासँग सम्बन्धित विषयवस्तुहरुमा छलफल तथा अन्तरक्रिया गर्नुभएको
थियो ।
        कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्र र
नागरिकको सेवा र सुरक्षामा परिचालित सशस्त्र प्रहरी बल नेपालले नेपाली
जनताले अपेक्षा गरे बमोजिमको सुरक्षा प्रदान गर्दै नेपालको भौगोलिक
सीमाभित्र मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षामा समेत आफ्नो उपस्थिती
जनाउँदै आइरहेको बताउनुभयो ।
        उहाँले संगठनले नेपाल सरकार तथा मजकुर गृहमन्त्रालयका नीति, कार्यक्रम,
आदेश, निर्देशनहरुलाई अक्षरस पालना गरी अन्य सुरक्षा निकायसँग सहकार्य र
समन्वय गर्दै संवेदनशिल र चुनौतीपूर्ण राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा
उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो ।
        महानिरीक्षक अर्यालले राष्ट्रहितको संरक्षण र नागरिकको सुरक्षामा आफुलाई
समर्पित गर्न संगठनले हरेक पक्षबाट आपूmलाई बलियो रुपमा प्रस्तुत
गरिरहेको उल्लेख गर्नुहुँदै जिम्मेवारी अनुरुपको भूमिका निर्वाह गर्न थप
जनशक्ति र श्रोतसाधन उपलब्ध गराउने कार्यमा रचनात्मक, पहलकदमी र भूमिका
रहने विश्वास समेत व्यक्त गर्नुभयो ।
        सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरी बल
नेपालको परिचय, परिचालन र राष्ट्रिय सुरक्षा नीति लगायत विद्यमान सुरक्षा
चुनौतीहरु, सीमा सुरक्षा, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा
प्रतिष्ठानको सुरक्षा, औद्योगिक सुरक्षा, हुल तथा दंगा व्यवस्थापन, रेलवे
सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिका सम्बन्धमा प्रस्तुतीकरण
प्रस्तुत गर्नुभएको थियो ।
        कार्यक्रममा नेपाली सेनाका उपरथी र राष्ट्रिय सुरक्षा परिषद्का
सह–सचिवको उपस्थित रहेको थियो ।

2080-04-18
APF News
चोरीनिकासीको सामान बरामद

       इलाम जिल्लाको सर्योदय नगरपालिका २ स्थित दुईमाईल ईलाकाबाट साउन १७ गते
सशस्त्र प्रहरीले ७ लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको चुरोट र टु मेन
टेन्ट (पाल) बरामद गरेको छ ।
        नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्यको खुकुरी,
शिखर, पाइलट चुरोट र ५ थान पाल प्रस्तावित सीमा सुरक्षा गुल्म
पशुपतिनगरले बरामद गरेको हो ।
        सोही ठाउँमा रहेको जंगलको बाटो हुँदै लैजाँदै गरेका व्यक्तिहरुले
गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै चुरोट तथा पाल सोही
ठाउँमा छाडी फरार भएका थिए ।
        बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।

2080-04-18