रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट साउन २५ गते
सशस्त्र प्रहरीले करीव ३ लाख ८८ हजार रुपैयाँ बराबरको गिल्टीका गरगहना
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको थारु भेषभुषामा
प्रयोग हुने गिल्टीका गरगहना प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले
बरामद गरेको हो । गरगहना ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको टोलीलाई
टाढैबाट देख्नासाथै फरार भएका थिए ।
बरामद गरगहना भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।