नेपाल सरकारको देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन:
नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न¸
नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न¸
नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न¸
नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न¸
नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्याउन¸
नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न¸
नेपालको सीमा सुरक्षा गर्न¸
वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न¸
नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन¸ संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न¸
नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न¸
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न¸
नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।
स्रोत सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २¸दफा (६) को उपदफा (१)
नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व¸ भन्सार तथा औद्योगिक सुरक्षा गर्न,
नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ पौष १५ गतेको निर्णयानुसार रेलवे सुरक्षा गर्न ।