सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ मरिकटोलबाट साउन २० गते सशस्त्र
प्रहरीले करीव ९ लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित तीन
वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित
मुल्यको लत्ताकपडा, जुत्ताचप्पल लगायतका सामान नं. ७ गण सिरहाले
नियन्त्रणमा लिएको हो ।
बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय माडर सिरहामा बुझाईएको छ ।