Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा पन्ध्र लाख रुपैयाँ तथा चोरीपैठारीको लत्ताकपडा बरामद

बारा,
        बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ अमरपुरस्थित सीमा ईलाकाबाट जेठ २४
गते एपीएफ टोलीले १५ लाख रुपैयाँ तथा करीब ३३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको   छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको एपीएफ
टोलीले उल्लेखित रुपैयाँ तथा लत्ताकपडा बरामद गरेको हो ।
        उक्त लत्ताकपडा टाउको बोकी ल्याउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई
देख्नासाथै उक्त लत्ताकपडा सोही ठाउँमा छाडि फरार भएपछि सो लत्ताकपडामा
जाँच गर्दा उल्लेखित रुपैयाँ समेत बरामद भएको थियो ।

2077-02-24
APF News
अवैध काठसहित पक्राउ

कैलाली, 
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १ स्थित गौरीगंगा खोलको बगरबाट जेठ १८ गते राति एपीएफ टोली र स्थानीय प्रहरीले करीब तीन लाख रुपैयाँ बराबरकोसाल, खयर र सिसौको ४२ क्यूफिट गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सोही जिल्लाको घोडाघोडी नगरपालिका १० बस्ने ४२ बर्षिय सुर्यबहादुर चौधरी छन् । 
    ट्रयाक्टरमा राखेर अवैध रुपले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बडिमालिका जवान तालिम शिक्षालय कैलालीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज चौधरीलाई उक्त काठसहित पक्राउ गरेको हो । 
    एपीएफ टोलीले त्यसवेला उक्त ट्रयाक्टरसमेत बरामद गरेको छ । 
    पक्राउ परेका चौधरीलाई बरामद काठ तथा ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाइएको छ । 

2077-02-19
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद 

काठमाडौं, 
पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाँउपालिका २ स्थित मुडेराबाट जेठ १९ गते एपीएफ टोलीले करीब तीन लाख ३७ हजार रुपैयाँ बराबरको चोरीनिकासीका छोकडा बरामद गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले उक्त छोकडा बरामद गरेको हो । 
    सो ठाउँस्थित एक छाप्रोमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको अवस्थामा एपीएफ टोलीले उक्त छोकडा बरामद गरेको हो । 
    उक्त छोकडा चोरीनिकासी गरी भारततर्फ लैजानको लागि उक्त छाप्रो लुकाई राखेको सूचनाको आधारमा खटिएको एपीएफ टोलीले सो छाप्रोमा जाँच गर्दा उल्लेखित छोकडा फेला परेको थियो । 
    बरामद छोकडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले जेठ १९ गते करीब एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक तथा किराना सामान बरामद गरेको छ । 
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानहरु सर्लाही जिल्लाको ब्रम्हपुरी गाँउपालिका ४ त्रिभुवननगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । 
    बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2077-02-19
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गुल्मपति तथा स्टाफ तालिम समापन

काठमाडौं,
         सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी
बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २३ गुल्मपति तथा
स्टाफ तालिमको जेठ १५ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय
हल्चोक स्वयम्भूमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट
प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै
तालिमका प्रशिक्षकहरुलाई समेत प्रसंशापत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको
बिशेष महत्व रहने चर्चा गर्नुहुँदै यस्ता व्यवसायिक तालिमले सशस्त्र
प्रहरी कर्मचारीको बृत्तिविकासमा समेत सघाउ पुग्ने बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले यस्ता तालिमबाट प्राप्त ज्ञान, कला
र कौशलको उपयोग गरी जिम्मेवारी निर्वाह गर्दा कार्यक्षेत्रमा आईपर्ने
विभिन्न सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै कार्यक्षेत्रमा सफलता प्राप्त
गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले कमाण्डर तहका अधिकृहरुले मातहतका
कर्मचारीहरुलाई समेत सिकाउँदै सामुहिक भावनाकासाथ राज्य र संगठनले सोचे
अनुरुपको लक्ष्य प्राप्तीमा क्रियाशिल रहनुपर्ने उल्लेख गर्नुभयो ।
        उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा कार्यक्षेत्रमा खटिदा
अन्य सुरक्षा निकायहरु सँग समेत सहकार्य र समन्वय गर्दै जिम्मेवारी
निर्वाहमा जुट्न निर्देशन दिनुहुँदै चेन अफ कमाण्ड, फौजी अनुशासन,
इमान्दारिता र सकारात्मक सोचकासाथ कार्य गर्दा सफलता प्राप्त हुने उल्लेख
गर्नुभयो ।
        गत फागुन २० गतेबाट संचालन भएको उक्त तालिममा ३५ जना सशस्त्र प्रहरी
निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।
        उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक बिश्वराज योञ्जन सर्वप्रथम भएका
छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनबहादुर पाण्डे उत्कृष्ट
ठहरिएका छन् ।
        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र
रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
       

2077-02-15
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीमको दिक्षान्त

काठमाडौँ,
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १३ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । 
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जेठ १३ गते सोही प्रतिष्ठानमा आयोजित तालिमको दिक्षान्त कवाजमा उक्त तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेलाई उत्कृष्ट पुरस्कार स्वरुप खुँडा प्रदान गर्नुका साथै कवाज, चाँदमारी र सहिष्णुतातर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
    दिक्षान्त समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूको शुभकामना सन्देश वाचन गरिएको थियो । 
सम्माननीय प्रधानमन्त्री ओलीज्यूले शुभकामना सन्देश मार्फत सशस्त्र प्रहरी बल, नेपालले उच्च व्यवसायिकता, अनुशासन र ईमान्दारिताका साथ राज्यप्रदत्त कार्यादेश सम्पादन गर्दै आईरहेको र सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्र्नेे जिम्मेवारीमा थप कुशलता तथा दक्षता अभिवृद्धि गर्न आवश्यक जनशक्ति र साधनश्रोत व्यवस्थापन गर्दै संगठनको सुदृढिकरण गरी एक आधुनिक र व्यवसायिक सुरक्षा निकायको रुपमा विकास गर्न सरकार सदैव क्रियाशील रहेको र हाल विश्व लगायत नेपाल कोभिड–१९ को महामारीबाट गुज्रीरहेको विषम परिस्थितीमा समेत सोको नियन्त्रणका लागि नेपाल सरकारको नीति तथा निर्णय कार्यान्वयन गराउने सन्दर्भमा सीमित साधन र श्रोतका वावजुद सशस्त्र प्रहरी बल, नेपालले खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै राज्यले सुम्पिएको हरेक दायित्वलाई व्यवसायिक एवं अनुशासनका साथ सशस्त्र प्रहरी बल, नेपालले राष्ट्र र जनताको सेवामा आफ्नो जीवनलाई समाहित गरेको कुरा ईतिहास र वर्तमानले पुष्ट्याई गरेको उल्लेख गर्दै दिक्षित अधिकृतहरुलाई कठिन फौजी तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनुका साथै कार्यक्षेत्रमा सफलताको कामना गर्नुभयो । 
 माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ज्यूले शुभकामना सन्देश मार्फत प्रशिक्षार्थीहरुले तालिमबाट सिकेका ज्ञान, कला र कौशलको उपयोग गरी भोलीका दिनमा देखापर्न सक्ने सुरक्षा चूनौतीहरुलाई मानवीय मूल्य र मान्यताप्रति प्रतिवद्व रही सुरक्षा सेवा प्रदान गर्न सफल रहने विश्वास व्यक्त गर्नुका साथैे समाजमा शान्ति सुरक्षा कायम हुन सकेमा मात्र समग्र राष्ट्रको विकास एवं समुन्नती सम्भव हुने उल्लेख गर्नुहुँदै राज्य प्रदत्त कार्यदेशहरुमा सशस्त्र प्रहरी बल, नेपालले उत्कृष्ट कार्य सम्पादन गरिरहेको र विशेष गरी सीमा सुरक्षामा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । 
दिक्षान्त कवाजका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान राष्ट्रिय अभियानलाई सफल पार्न र सुशासनको प्रत्याभुतिका लागि सशस्त्र प्रहरी बल, नेपाल सदैव क्रियाशिल रहेको बताउनुहुँदै दिक्षीत अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । 
उहाँले कोभिड–१९ को महामारी नियन्त्रणमा समेत सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु दृढ विश्वासकासाथ अग्रपंक्तिमा रही अहोरात्र खटिई रहेको र सोको सबै क्षेत्रबाट प्रशंसा भईरहेको उल्लेख गर्नुहुँदै दिक्षीत अधिकृतहरुलाई कार्यक्षेत्रमा खटिँदा सदैव राष्ट्र र जनताका लागि आफ्नो सम्पूर्ण सुख सुविधाहरुलाई त्यागेर जिम्मेवारी निर्वाहमा जुटिरहन निर्देशन दिनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरु देशका विभिन्न भागहरुमा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपद्मा उद्दार कार्यमा राज्यले सुम्पिएको दायित्व पुरा गर्दै प्रभावकारी ढंगले परिचालित हुँदै आईरहेको र संगठनका नेतृत्व तहका कमाण्डरहरुले आफू मातहतकालाई अभिभावकत्व प्रदान गर्दै सदैव कार्यप्रति उत्प्रेरित र हौसल्ला प्रदान गर्नुपर्ने साथै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता जोगाउन एक ढिक्का भएर एक मतका साथ कार्य गर्न निर्देशन दिनुभयो । 
    कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । 
     ५८ हप्ता अवधिको उक्त तालिममा २१ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।
    दिक्षान्त समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं अधिकृत जवानहरुको समेत उपस्थिती रहेको थियो । 

2077-02-13
APF News
उच्च मनोबलका साथ कार्य गर्न महानिरीक्षक खनालको निर्देशन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएको छ । हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाई दिएपछि मातहत अधिकृतहरुलाई उहाँले सो निर्देशन दिनुभएको हो । नेतृत्व तहले राष्ट्र, जनता र संगठनको हितमा कार्य गरेको भन्दै उहाँले आपूmले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरेँ भनेर सोच्नुपर्ने बताउनुभयो । सामूहिक भावनाले कार्य गर्न मातहतलाई निर्देशन दिँदै महानिरीक्षक खनालले आपूmलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मूलुक र जनताको हितमा हरसमय कार्य गर्न समेत निर्देशन दिनुभयो । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उहाँले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मूलुक र जनतालाई फाइदा पुग्ने बताउनुभयो । राष्ट्र, राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्नुहुँदै उहाँले प्रत्येक राष्ट्रसेवक कर्मचारीहरु ईमान्दार र कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा, सुरक्षा सहयोग तथा उद्धारमा अविचलित भई अहोरात्र खटिन समेत निर्देशन दिनुभएको छ । सो अवसरमा उहाँले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोष्ट १ बर्षभित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय २४ ठाउँमा स्थापना भईसकेको र यस वीचमा उत्तरतर्फ २ वटा बोर्डर आउट पोष्ट स्थापना गर्न सफल भएको जानकारी समेत दिनुभयो । सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
2077-02-11
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ मुसहर टोलबाट जेठ १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय रुपेशकुमार यादव र १९ वर्षिय विपीन यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन ५० बोतल, नाईट्राभेट ट्याब्लेट ३५ पत्ता र स्पास्मो ट्याब्लेट १२ पत्ता फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट एउटा मोवाईल सेट र नगद एक हजार सात सय ५५ रुपैया समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोवाईल सेट र नगदसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2077-02-10
APF News
एपीएफ टोलीले नदीबाट शब निकाल्यो
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भिरमा बलेरो जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता भएका दुई जना मध्ये एब जनाको शब एपीएफ टोलीले बैशाख ८ गते विहान नदीबाट बाहिर निकालेको छ । सो ठाउँमा बैशाख ७ गते भएको सो जीप दुर्घटनामा परी बेपत्ता भएका सोही जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङ बस्ने २६ बर्षिय अशोक गिरी र २८ बर्षिय भोला महतको खोजी गर्ने क्रममा एपीएफ टोलीले भोला महतको शब फेला पारी नदीबाट बाहिर निकालेको हो । सो दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेपलाञ्चोक र नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिइ गई खोजी कार्यमा जुटेको थियो । सो दुर्घटनामा बेपत्ता भएका अर्का अशोक गिरीको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको एपीएफ टोली खटिएको छ ।
2077-02-08