रौतहट,
रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मिपुर स्थित सीमा ईलाकाबाट जेठ
९ गते एपीएफ टोलीले करीव एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा
चोरीनिकासीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा बीउबिजन
र नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ कार्टुन मदिरा सशस्त्र
प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलविछवाबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।