काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको
लागि उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएको छ ।
हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा
बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाई दिएपछि मातहत अधिकृतहरुलाई
उहाँले सो निर्देशन दिनुभएको हो ।
नेतृत्व तहले राष्ट्र, जनता र संगठनको हितमा कार्य गरेको भन्दै उहाँले
आपूmले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरेँ भनेर
सोच्नुपर्ने बताउनुभयो ।
सामूहिक भावनाले कार्य गर्न मातहतलाई निर्देशन दिँदै महानिरीक्षक खनालले
आपूmलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मूलुक र जनताको हितमा
हरसमय कार्य गर्न समेत निर्देशन दिनुभयो ।
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्यमा
कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उहाँले पद र जिम्मेवारीले
मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मूलुक र जनतालाई फाइदा
पुग्ने बताउनुभयो । राष्ट्र, राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको
उल्लेख गर्नुहुँदै उहाँले प्रत्येक राष्ट्रसेवक कर्मचारीहरु ईमान्दार र
कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा, सुरक्षा सहयोग तथा उद्धारमा
अविचलित भई अहोरात्र खटिन समेत निर्देशन दिनुभएको छ ।
सो अवसरमा उहाँले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा
बोर्डर आउट पोष्ट १ बर्षभित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय
२४ ठाउँमा स्थापना भईसकेको र यस वीचमा उत्तरतर्फ २ वटा बोर्डर आउट पोष्ट
स्थापना गर्न सफल भएको जानकारी समेत दिनुभयो ।
सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी.,
नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ
अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।