काभ्रेपलाञ्चोक,
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङस्थित भित्री
सडकखण्डको सिलामे भिरमा बलेरो जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता
भएका दुई जना मध्ये एब जनाको शब एपीएफ टोलीले बैशाख ८ गते विहान नदीबाट
बाहिर निकालेको छ ।
सो ठाउँमा बैशाख ७ गते भएको सो जीप दुर्घटनामा परी बेपत्ता भएका सोही
जिल्लाको भुम्लु गाँउपालिका ८ सापिङ बस्ने २६ बर्षिय अशोक गिरी र २८
बर्षिय भोला महतको खोजी गर्ने क्रममा एपीएफ टोलीले भोला महतको शब फेला
पारी नदीबाट बाहिर निकालेको हो ।
सो दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण
काभ्रेपलाञ्चोक र नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिइ गई खोजी
कार्यमा जुटेको थियो ।
सो दुर्घटनामा बेपत्ता भएका अर्का अशोक गिरीको खोजी कार्यको लागि
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको एपीएफ
टोली खटिएको छ ।