Toggle Menu

समाचार

APF News
नदीको बीच भागमा फसेका ५ जनाको सकुशल उद्धार

नदीमा एक्कासी बाढी आई नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीले
साउन ९ गते सकुशल उद्धार गरेको छ ।
        रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सीमानास्थित दानव
नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीच भागमा मान्छे फसेको भन्ने
खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट टोली खटिएको थियो ।
        नदीको बीचमा फसेका सोही उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ बर्षिय जनक
घर्तीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
        यसैगरी सोही उपमहानगरपालिका ११ बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४
बर्षिय मिनबहादुर गाहालाई पनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल
उद्धार गरेको हो ।
        बुटवल उपमहानगरपालिका २ पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा
मार्न गएको बेला एक्कासी पानीको बहाव बढ्न गई फसेका थिए ।
        सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी परिचालित भई उनको सकुशल
उद्धार गर्न सफल भएको हो ।
        यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ बेथरीस्थित तिनाउ
नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले
सकुशल उद्धार गरेको छ ।
        सोही गाउँपालिका ६ का २६ बर्षिय अबदेश पाल, २० बर्षिय सुनिल पाल र
सीयारी गाउँपालिका २ बस्ने अबदेशकुमार यादव नदीमा दाउरा खोज्न गएको बेला
नदीको बहाव बढ्न गई नदीमा फसेका थिए ।
        सो बारे जानकारी पाउनासाथै नं. २७ गण रुपन्देहीबाट टोली परिचालित भई
उनीहरुको सकुशल उद्धार गरेको हो ।
        यसैगरी बुटवल उपमहानगरपालिका ११ टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको
हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ ।
        नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा
बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको हो ।

2080-04-09
APF News
चोरीनिकासीको सुर्तीजन्य सामान बरामद

        ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट साउन ८
गते सशस्त्र प्रहरीले करीव ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य
सामान बरामद गरेको छ ।
        नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको
खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा
गुल्म पशुपतिनगर ईलामले बरामद गरेको हो । सामान लैजाँदै गरेका व्यक्तिहरु
भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार
भएका थिए ।
        बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

2080-04-09
APF News
चरेशसहित व्यक्ति नियन्त्रणमा

         पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका ५ सबैठवा स्थित सीमा ईलाकाबाट
साउन ८ गते सशस्त्र प्रहरीले करीव ५ के.जी. ७ सय ग्राम चरेशसहित एक
जनालाई नियन्त्रणमा लिएको छ ।
        सोही जिल्लाको कालिकामाई गाउँपालिका १ मुडुली बस्ने ४४ वर्षिय प्रेम
पासवानलाई नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो ।
        ना ३० प ४४४३ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका
पासवानले शरिरको विभिन्न भागहरुमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित
चरेश फेला पारेको हो ।
        नियन्त्रणमा लिईएका उनलाई बरामद चरेश तथा मोटरसाईकल सहित आवश्यक
कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

2080-04-08
APF News
बिलबिजक भन्दा बढि र फरक सामान बोकेको चारवटा ट्रक नियन्त्रणमा

        पर्सा जिल्लाको बीरगंज महानगरपालिका ८ घण्टाघर ईलाकाबाट साउन ८ गते
सशस्त्र प्रहरीले करीव १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको
सामान सहित चारवटा ट्रक नियन्त्रणमा लिएको   छ ।
        बिलविजक भन्दा बढि र फरक सामान बोकेको भन्ने विशेष सूचनाको आधारमा नम्बर
१३ गण पर्साले बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख
८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका ट्रकमा औषधी, किराना तथा हार्डवयर र कम्प्युटरका
पार्ट्स लगायतका सामानहरु रहेका छन् । सामान सहितका ट्रक आवश्यक
अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

2080-04-08
APF News
३० लाख रुपैयाँ भन्दा बढिको काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा

        झापा जिल्लाको मेचीनगर नगरपालिका १ कृष्णथुम्कि ईलाकाबाट साउन ५ गते
राति सशस्त्र प्रहरीले ३० लाख ८३ हजार ८ सय ५० रुपैयाँ बराबरको सालको
गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
        विशेष सूचनाको आधारमा नम्बर २ गण झापाले मे १ त ७२०० र मे १ त ५३४५
नम्बरको काठसहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
        ट्क्याटरमा राखेर अवैध रुपले लैजाँदै गरेको २ सय ९६.७७ क्यूफिट, १ सय ६
वटा काँचो गोलिया काठ नियन्त्रणमा लिइएको हो । काठ ल्याउने व्यक्तिहरु
सशस्त्र प्रहरीलाई देख्नासाथै ट्याक्टर र काठ छाडेर भागेका थिए ।
        बरामद काठ र दुई वटै ट्याक्टर डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाईएको छ ।

2080-04-07
APF News
विलविजक भन्दा फरक मुल्यको सामानसहित ट्याक्टर नियन्त्रणमा

       पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ चण्डाल चोकबाट साउन ५ गते
सशस्त्र  प्रहरीले करीव १७ लाख ४८ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित
एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
        बिशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ जीए १९४६
नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको सामानको विलविजकमा उल्लेख भए
भन्दा बढि र फरक भेटिए पश्चात नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो



        नियन्त्रणमा लिएको सामान तथा ट्याक्टर आवश्यक कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

2080-04-07
APF News
जुत्ता र गार्मेन्टको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा

        सशस्त्र प्रहरी र राजश्व अनुुसन्धान कार्यालयको संयुक्त टोलीले करीब १
करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टको
सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
        सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन
४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुुसन्धान
कार्यालय ईटहरीले ना ५ ख ४३१ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो

        यसैगरी सुुनसरी जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम
लोकमार्गबाट साउन ४ गते बिओपी श्रीपुुर र राजश्व अनुुसन्धान कार्यालयले
जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक
नियन्त्रणमा लिएको छ ।
        विशेष सूचनाको आधारमा मोरङबाट काठमाण्डौंतर्फ आउदै गरेको उल्लेखित
ट्रकहरुमा जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला
परेपछि नियन्त्रणमा लिइएको हो ।
        नियन्त्रणमा लिइएको जुत्ता र गार्मेन्टको सामानसहित दुई वटै ट्रक आवश्यक
अनुुसन्धानको लागि राजश्व अनुुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

2080-04-05
APF News
विशेष सूचनाको आधारमा  भन्सार छलिको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा

    धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट साउन ३ गते
सशस्त्र प्रहरीले कस्मेटिक समान बोकेको तीन वटा ट्रक नियन्त्रणमा लिएको छ

        विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाट र राजश्व
अनुसन्धान कार्यालय सुरक्षा बेश हरिहर भवनबाट खटिएको संयुक्त टोलीले
बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८०४, ना ५ ख ५८०५, ना ६ ख
८५८८ नम्बरको ट्रकमा जाँच गर्दा भन्सार छलि ल्याउँदै गरेको कस्मेटिक
सामानसहित नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएका ट्रक तथा सामान आवश्यक अनुसन्धानको लागि राजश्व
अनुसन्धान विभाग हरीहर भवन ललितपुरमा बुझाईएको छ ।

2080-04-03