पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेटबाट साउन ४ गते
सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा, मोवाईल पार्टस्, हार्डवेयर
तथा किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले बरामद गरेको हो
।
बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।