Toggle Menu

समाचार

APF News
नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान

‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई साउन ३० गते प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ । सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट छन् ।
उक्त लिग तथा अन्य भलिबल प्रतियोगिताहरुमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।  उनलाई खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

2081-04-30
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट इकाई प्रमुखहरुलाई निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साउन २२ गते प्रधान कार्यालयबाट सातै प्रदेश र उपत्यकास्थित बाहिनी मुख्यालयका बाहिनीपति, शिक्षालयका समादेशक र सबै जिल्लाका गणपति तथा गुल्मपतिहरुलाई भर्चुअल माध्यमद्धारा सीमा सुरक्षा तथा विपद् उद्धारसँग सम्बन्धित समसामायिक विषयमा निर्देशन दिनुभएको छ ।
महानिरीक्षक अर्यालले सीमा नाकाबाट आवतजावत गर्ने व्यक्तिहरुको चेकजाँच गरी गैरकानुनी रुपमा हुनसक्ने प्रवेशमा रोक तथा सीमा ईलाकामा हुनेसक्ने अवैध गतिविधिहरुको सुक्ष्म रुपमा निगरानी गरी उच्च सुरक्षा सतर्कता अपनाउन सीमा क्षेत्रसँग जोडिएका बाहिनी मुख्यालय तथा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।
साथै उहाँले हाल मनसुनको समयमा हुने सक्ने विपद् जोखिम लगायतका अन्य घटनाहरुको न्यूनिकरण तथा उद्धार कार्यमा सकृय रुपमा परिचालन हुन समेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाई प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

2081-04-22