सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भुमा साउन १४ गते एक कार्यक्रमका बीच हालै
पदोन्नती हुनुभएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको साउन ११ गतेको निर्णयले सशस्त्र
प्रहरी सेवा, प्राविधिक समुह, स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी
नायव उपरीक्षक ४ जना, साधारण समुह, लेखा उपसमूहतर्फ ५ जना र साधारण समुह,
कानून उपसमुहतर्फ १ जना सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती
हुनुभएका साथै अवकाश पूर्व विशेष बढुवा हुनुभएका १ जनालाई सशस्त्र
प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई
दिनुहुँदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
उहाँले आ–आफ्नो पदिय जिम्मेवारी र ट्रेड अनुसारको उत्कृष्ट कार्यसम्पादन
गर्न तथा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन
दिनुहुँदै संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकासको लागि संगठनले
सुधारात्मक कार्यहरु गरिरहेको बताउनुभयो ।
यसैगरी उहाँले जीवनको लामो र स्वर्णिम समय अनवरत रुपमा राष्ट्रसेवामा
व्यथित गरी विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका सशस्त्र प्रहरी नायव
उपरीक्षक गणेश कुमार सिंहलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेत
व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ तथा सिनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
2080-04-14