एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं,
झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते
एपीएफ टोलीले करीव तीन लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म
हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवडीयाबाट खटिएको
एपीएफ टोलीले मंसीर १९ गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
सुर्तीजन्य पदार्थ, मोटर पाटर््स तथा लत्ताकपडा एपीएफ टोलीले धनुषा
जिल्लाको जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठाबाट बरामद गरेको
हो ।
यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित टंकपसरीबाट
मंसीर १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त कस्मेटिक सामान सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो ।
बरामद सामान भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेक्वा बाँकेबाट खटिएको
एपीएफ टोलीले मंसीर १९ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ
टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १४ स्थित बालेगाँउबाट
बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।
2076-08-19