पर्सा जिल्लाको बिराटनगर महानगरपालिका १४ स्थित चण्डाल चोकबाट असार २९
गते सशस्त्र प्रहरीले करीव १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामान
सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले बिरगंजबाट पथलैयातर्फ
जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५
नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान
देखिएपछि नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रकहरुमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका
सामानहरु रहेका छन् ।
नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
2080-03-29