Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट फागुन ११ गते एपीएफ टोलीले करीब दुई लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख २० हजार रुपैयाँ रहेको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ ढुंगानाटोलबाट फागुन १२ गते एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीले करीब दुई लाख ३६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको उक्त सेतो मटर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खकरौलाबाट खटिएको एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीलीले बरामद गरेको हो । बरामद मटर सेती भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।
2076-11-12
APF News
सुन जस्तो देखिने करीब ७ के.जी. पहेलो धातुसहित पक्राउ –

रसुवा, 
    रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका २ टिमुरे घट्टेखोलास्थित स्याउ पार्किङमा स्याउ लोडि गरी रोकी राखेको एक कन्टेनरबाट बैशाख १० गते एपीएफ टोली र स्थानीय प्रहरीले करीब १ के.जी. लेखिएको ७ वटा सुन जस्तो देखिने पहेलो धातुसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सोही जिल्लाको नौकुण्ड गाँउपालिका १ बस्ने ३० वर्षिय शेर ग्लवो घले छन् । 
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रसुवा नम्बर २१ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जिवन के.सी.को कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त धातुसहित उनलाई पक्राउ गरेको हो । 
    ना. ६ ख ९०६८ नम्बरको स्याउ लोड गरेको ट्रकमा जाँच गर्दा क्याविनको सिलिङ बत्ती भित्र लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित धातुसहित सो ट्रक समेत बरामद गरिएको हो ।   

2076-1-11
APF News
कागजपत्र नएको स्कारपियो गाडी एपीएफ टोलीद्वारा बरामद
बारा, बारा जिल्लाको सुवर्ण गाँउपालिका ३ सन्तगञ्जबाट फागुन ९ गते कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा गाडी एपीएफ टोलीले बरामद गरेको छ । बी आर ०१ पी डी ६२०७ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त गाडीको कागजपत्र नभएपछि बरामद गरिएको हो । एपीएफ टोलीले बरामद गाडी भन्सार कार्यालय वीरगंजमा बुझाएको छ । बरामद गाडीको भन्सार दखिला मूल्य ९ लाख ९० हजार रुपैयाँ रहेको छ ।कागजपत्र नएको स्कारपियो गाडी एपीएफ टोलीद्वारा बरामद ः- बारा, बारा जिल्लाको सुवर्ण गाँउपालिका ३ सन्तगञ्जबाट फागुन ९ गते कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा गाडी एपीएफ टोलीले बरामद गरेको छ । बी आर ०१ पी डी ६२०७ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कवहीगोठबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त गाडीको कागजपत्र नभएपछि बरामद गरिएको हो । एपीएफ टोलीले बरामद गाडी भन्सार कार्यालय वीरगंजमा बुझाएको छ । बरामद गाडीको भन्सार दखिला मूल्य ९ लाख ९० हजार रुपैयाँ रहेको छ ।
2076-11-09
APF News
नेपाल एपीएफ स्कुल कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई
काठमाडौं, ‘छैठौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७६’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले हात पारेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको प्रमुख आतिथ्यमा फागुन ८ गते सम्पन्न फाइनल खेलमा नेपाल पुलिस स्कुलले ग्रीन भिजेज एजुकेशन फाउण्डेशन स्कुल कीर्तिपुरलाई २–१ गोल अन्तरले पराजित गरी उपाधि जित्न सफल भएको हो । नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौंको आयोजनामा संचालित सो प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले विजयी टिम तथा खेलाडीहरुलाई कप, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो प्रतियोगितामा नेपाल पुलिस स्कुलका सोदिन अवाल उत्कृष्ट खेलाडी, सन्देश तामाङ सर्वाधिक गोलकर्ता र नेपाल पुलिस स्कुलकै ईसान श्रेष्ठ उत्कृष्ठ गोल रक्षक घोषित भएका छन् भने साल्भिनिया एकेडेमी कीर्तिपुरले फेयरप्लेको उपाधि प्राप्त गरेको छ । उक्त प्रतियोगितामा कूल १८ टिमकोे सहभागिता रहेको थियो ।
2076-11-08
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका चार जनालाई माघ ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । उहाँहरु नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको यहि माघ ७ गतेको निर्णयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षकबाट प्राविधिक नायव उपरीक्षकमा पदोन्नती हुनु भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा दर्जासँगै जिम्मेवारी र उत्तरदायित्व समेत बढ्ने उल्लेख गर्नुहुँदै आगामी दिनमा अझबढि कर्तव्यनिष्ट र ईमान्दारीता पूर्वक स्वास्थ्य सेवा प्रदान गर्न सशस्त्र प्रहरी बलका चिकित्सकहरुलाई निर्देशन दिनुभयो । एपीएफ अस्पताललाई अझै बढि उत्कृष्ट बनाउन सामुहिक भावनकासाथ पेशाको मर्यादा राख्दै सबैले आ-आफ्नो ठाउँबाट मेहनत गरिरहनु पर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले अस्पताललाई आवश्यक पूर्वधारहरु क्रमिक रुपमा थपिदै लगिएको कुरा समेत उल्लेख गर्नुभयो । स्वास्थ्यकर्मीहरुको धर्म र कर्म भनेकै विरामीहरुलाई उत्कृष्ट उपचार सेवा प्रदान गर्नु रहेको उल्ल्ेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्तिविकास लगायत विभिन्न सेवा सुविधाहरु प्रदान गर्नका लागि आफूहरु कृयाशिल रहेको बताउनुभयो । उहाँले एपीएफ अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन विज्ञ चिकित्सक लगायत साधन स्रोत उपलब्ध गराउँदै लगिएको उल्लेख गर्नूभयो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2076-11-08
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित नकलबन्द ईलाकाबाट फागुन ६ गते एपीएफ टोलीले करीव पाँच लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले फागुन ७ गते करीब दुई लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त औषधी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ जोरसिमलबाट बरामद गरिएको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
2076-11-07
APF News
गृहसचिव न्यौपानेबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण
काठमाडौं, गृहसचिव महेश्वर न्यौपानेले शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो । त्यसअवसरमा गृहसचिव न्यौपाने समक्ष सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाही, जनशक्ति परिचालन, साधनश्रोत, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धी लगायत विविध विषयहरुमा प्रस्तुतीकरण गरिएको थियो । गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण पश्चात सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले विभिन्न आरोह अवरोहहरु पार गर्दै सशस्त्र प्रहरी बल नेपाल अहिलेको यस स्थानमा आउन सफल भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालको भूमिका मुलुकको शान्ति सुरक्षा अमनचयन कायम राख्ने कार्यमा सधैं महत्वपूर्ण रहने बताउनुभयो । गृहसचिव न्यौपानेले कर्तव्य पालनको क्रममा वीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्नुहुँदै घाइते भई उपचाररत सुरक्षाकर्मीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । उहाँले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध जिम्मेवारी निर्वाहमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेको कार्यको मुग्द कण्ठले प्रशंसा गर्नुभयोे । गृहसचिव न्यौपानेले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा सशस्त्र प्रहरी बल नेपाल लगायत अन्य सुरक्षा निकायकोे भूमिका समेत महत्वपूर्ण रहने तथा शान्ति सुरक्षाको स्थिति मजबुद हुँदा समग्र राष्ट्रको आर्थिक, सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले कार्यक्षेत्रमा खटिएका कमाण्डरहरुलाई पूर्ण व्यावसायीक भई योजनासहित कृयाशिल रुपमा कार्यक्षेत्रमा परिचालित रहन निर्देशन दिनुहुँदै आपूm मातहतका सकल दर्जाका राष्ट्रसेवकहरुको मनोबल समेत उच्च राख्न चिन्तनशील रहनुपर्ने बताउनुभयो । गृहसचिव न्यौपानेले दण्ड र पुरस्कारको नीतिलाई प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिनुहँुदै कार्यक्षेत्रमा हुने गैर व्यावसायीक कृयाकलाप कुनै पनि हालतमा क्षम्य नहुने बताउनुभयो । संगठनलाई आवश्यक जनशक्ति, सेवासुविधा र आवश्यक स्रोतसाधन अभिबृद्धि लगायतका विविध विषयमा गृहमन्त्रालयको समन्वय एवं सहयोगात्मक भूमिका रहने उल्लेख गर्नुहँुदै गृहसचिव न्यौपानेले भोलिका दिनमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामना गर्न सक्ने गरी संगठनको आधुनिकीकरण गर्दै अगाडि बढ्ने बताउनुुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारबाट संगठनलाई प्राप्त हरेक जिम्मेवारीहरुमा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यावसायिक रुपमा अहोरात्र कार्यक्षेत्रमा खटिई रहेको उल्लेख गर्नुहँुँदै कार्यक्षेत्रमा परिचालित रहँदा प्राप्त भएको उपलब्धिहरुको विभिन्न क्षेत्रहरुबाट प्रशंसा समेत भएको बताउनुभयो । उहाँले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् पीडित नागरिकको उद्वार लगायतका विविध जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गर्दै भ्रष्टाचार, लैंगिक हिंसा र मानव अधिकारको हनन्मा शुन्य सहनशिलताको नीतिकासाथ संगठन अगाडी बढिरहेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पुरागर्ने क्रममा सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा उच्च मनोवलकासाथ परिचालित भई सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय एवं सहकार्यकासाथ प्रभावकारी ढंगबाट परिचालित भई उपलब्धि समेत हासिल गरिरहेको बताउनुभयो । उहाँले बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको चर्चा समेत गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले मातहत कर्मचारीको वृत्तिविकास एवं उनीहरुलाई सम्बोधन हुने खालका कल्याणकारी कार्ययोजना तर्जुमा गरिएको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालको संचार तथा लाईभ भिडियो स्ट्रिमिङ मार्फत सशस्त्र प्रहरी बलका सम्पूर्ण ईकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत गृहमन्त्रालय एवं सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा एपीएफ अधिकृत, जवानहरुको उपस्थिति रहेको थियो ।
2076-11-02
APF News
स. प्र. क.हरुका लागि वन र बन्यजन्तु अपराध नियन्त्रण तालिम संचालन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टिओटि) तालिम संचालन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले माघ २९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले राष्ट्रको अमुल्य सम्पत्तीको रुपमा रहेको वन्यजन्तु तथा जैविक विविधताको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु राज्यले सुम्पियको जिम्मेवारी निर्वाहमा उच्च मनोवलकासाथ कृयाशिल रहेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले वन र वन्यजन्तु अपराध नियन्त्रणका लागि सहयोगि सिद्ध रहने यस्ता तालिमहरु नियमित रुपमा संचालन गरिदा अपेक्षाकृत उपलब्धि हासिल हुन मद्दत पुग्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालले वन्यजन्तुको चोरीसिकासी एवं वन्यजन्तु अपराध नियन्त्रणमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै कार्यसम्पादन गरिरहेको बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान र सिप आफू मातहतकालाई समेत सिकाउँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइका संयोजक गोपालप्रकाश भट्टराईले तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै जैविक विविधतामा धनी रहेको हाम्रो देश नेपालमा वन्यजन्तु संरक्षणमा रहेको चुनौती सामना गर्नको लागि सम्वद्ध विभिन्न निकायहरुसँग समन्वय गर्दै आफुहरु अगाडी बढिरहेको बताउनुभयो । उहाँले जैविक विविधता र वन्यजन्तुको संरक्षण पर्यावरणीय सन्तुलनका लागि समेत महत्वपूर्ण रहने चर्चा गर्नुहुँदै यसको संरक्षणका लागि सामुहिक प्रयास अपरिहार्य रहने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल र केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइको आयोजनामा तीन दिनसम्म संचालन हुने उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ५ जना र सशस्त्र प्रहरी निरीक्षकहरु ३० जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।
2076-10-29