कार्तिक २० गते बिहान सर्लाहीमा कार दुर्घटना हुँदा बेपत्ता भएका २ जनाको शव नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको गोताखोर सहितको सुरक्षा फौजले फेला पारेको छ । ईश्वरपुर नगरपालिका–२ मियाखोरस्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार गति अनियन्त्रित भई दुर्घटना भएको थियो ।