कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट असोज २२ गते साँझ १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटसहित एक जना भारतीय व्यक्तिलाई बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।