नं. ४२ रिजर्भ गण शमशेरगंज बाँके र राप्ती सोनारी गाउँपालिका बीच एम्बुलेन्स हस्तान्तरण एवं संचालन सम्बन्धी सम्झौता भएको छ ।
नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सोही गणमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्री र गाउँपालिकाका प्रमुख तप्त बहादुर पौडेल बीच असोज १ गते सम्झौता भएको हो ।
स्थानीय बासिन्दाहरुको अधिकतम हित र सडक दुर्घटना लगायत मानविय तथा विरामी उद्धार कार्यको सहजताको लागि राप्तीसोनारी गाउँपालिकाको सर्पदंश उपचार केन्द्रको स्वामित्वमा रहने गरी उक्त एम्बुलेन्स संचालनमा ल्याइने छ ।