साउन १० गते नं. २२ गुहेश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलामा आएको बाढीले कटान गरेको विभिन्न ठाउँमा अस्थायी तटबन्ध निर्माण गर्नुकोसाथै पहिरोले अबरुद्ध भएको सडक खुलाएको छ ।
यसैगरी दिपज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र चाँगुनाराण नगरपालिका वडा नं. ३ झौखेलले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा नं. २२ गुहेश्वरी गण दुवाकोटको समेत सहभागिता रहेको थियो ।