भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–१ स्थित ईन्जिनियरीङ्ग कलेज ईलाकामा साउन ०५ गते राति परेको अविरल बर्षाको कारण पानीको सतह बढ्न गई बस्ती डुवानमा परेको छ ।
सो ठाउँमा रहेको टहरा डुवानमा परेपछि नं. २२ गणबाट खटिएको टोलीले सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्काभेटरको सहायतामा नाला व्यवस्थापन गरेको छ ।
यसैगरी सोही गणबाट खटिएको सुरक्षा फौजले चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित गेलालगाउँमा डुवानमा परेको २ वटा घरको सामान समेत सुरक्षित स्थानमा सारेको छ ।