काठमाडौ जिल्लाको टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै बर्षाको कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान असार ३० गते सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।
नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद् उद्धारसहितको सुरक्षा फौज र स्थानीय वासिन्दाले उक्त घरपरिवारका लत्ताकपडा, भाँडावर्तन लगायतका सामान सुरक्षित स्थानमा स्थान्तरण गरेको हो ।