भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राईटोलमा असार २९ गते विहान बर्षाको कारण मनोहरा खोलामा पानीको बहाव बढेर जमिन कटान गरी घरहरुलाई क्षति पुर्याउने अवस्था भएपछि नंं. २२ गुहेश्वरी गणले बोरा, बाँस र तारजालिको सहायताले छेकबार लगाएको छ । यसैगरि सुर्यबिनायक न.पा.– ५ मा बर्षाको कारण पहिरो गइ घर जोखिममा परेपछि सोही गणबाट गएको सुरक्षा फौजले बोरामा बालुवा भरी वाल लगाएको छ ।