गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ अन्तर्गत रहेको सीमा स्तम्भ (सीमा चिन्ह) नं. ३५ को संयुक्त रुपमा अनुगमन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी साम्दो र चिनीयाँ प्रहरीको संयुक्त टोलीले जेठ ३१ गते सो क्षेत्रमा पुगी सीमा स्तम्भको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा नियमित सम्पर्क र समन्वयमा रही सीमा अपराध नियन्त्रण सम्बन्धी एक आपसमा सहयोग पु¥याउने प्रतिवद्धता समेत जनाईएको थियो ।
 

APF