त्रिशुली नदिमा बेपत्ता भएका एक ब्यक्तिको सकुशल उद्वार गरिएको छ । सप्तरी जिल्लाको खडक गाउँपालिका-८ घर भई हाल कुरिनटारस्थित एक फ्याक्ट्रीमा काम गर्ने ५६ बर्षका बन्धुलाल चौधरी माछा मार्ने क्रममा चिप्लिएर नदिमा बगेका थिए । उनलाई नदि किनारको पहरोमा अड्किएको अवस्थामा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरले सकुशल उद्वार गरेको हो ।