सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले नं. ४ मुक्तिनाथ बाहिनी परिसरमा नवनिर्मित गण्डकी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघ कार्यकक्षको उद्घाटनका साथै संघद्धारा संचालित ३ महिना अवधिको सिलाई कटाई तालिमको चैत २८ गते समापन गर्नुभएको छ । गण्डकी प्रदेश सशस्त्र प्रहरी महिला संघको सहयोगमा संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले कास्की जिल्लाको पोखरा महानगरपालिका – ६ बैदामस्थित नीलसागर सेवाश्रममा खाद्यान्न तथा सरसफाईका सामाग्रीहरु समेत वितरण गर्नुभएको छ ।