पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउंपालिका–१ बरुवाबाट फागुन २१ गते
करिब २ हजार बोरा चिनी र केराउ बरामद भएको छ ।
गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको २ सय बोरा भन्दा
बढी चिनी र १ हजार ७ सय बोरा भन्दा बढी केराउ नं. २६ गण पश्चिम
नवलपरासीले बरामद गरेको हो ।
यसैगरी सुस्ता गाउँपालिका–५ वनकट्टीबाट फागुन २२ गते विहान सोही
गणले ६७ बोरा प्याज समेत बरामद भएको छ ।
बरामद चिनी, केराउ र प्याज आवश्यक कारवाहीको लागि महेशपुर भन्सार
कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको छ ।