पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट
माघ १६ गते सशस्त्र प्रहरीले करीव ३६ लाख ४० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको कस्मेटिक सामान र जुत्ता बरामद गरेको छ ।
भारतबाट अवैध रुपले साईकलहरुमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र
जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले बरामद गरेको हो । उक्त
सामान ल्याउने व्यक्तिहरु भने फरार भएका थिए ।
बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।