माघ २ गते बिहान चितवन जिल्ला ईच्छाकामना गाउपालिका–५ स्थित ३ नं.
पुलबाट अन्दाजी १ सय मिटर तल त्रिशुली नदिको विचमा सानो सवारी साधनको
लाईट जस्तो प्रकाश देखा परेको भन्ने खबर प्राप्त भएपछि विपद् उद्वार
तालिम शिक्षालयबाट गएको ६ जना गोताखोर सहित १० जनाको टोलीले Deep Diving
विधिद्धारा खोज तलास गरी मानव रहित भारतीय नम्बर प्लेटBR 09 GC 1430 को
सिंगल क्याप बलेरो जिप त्रिशुली नदिबाट बाहिर निकालेको छ ।