रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट भाद्र २७ गते सशस्त्र प्रहरीले करीव ८ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चार वटा मोटसाईकल नियन्त्रणमा लिएको  छ ।
भारतबाट अवैध रुपले चार वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको लत्ताककपडा तथा मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको  छ ।

APF