कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ स्थित भगवानपुर भुदई ईलाकाबाट
भाद्र १२ गते करीव २ लाख १० हजार रुपैयाँ बराबरको १० वटा गोलिया काठ
सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ६०
क्युफिट सिसौको गोलिया काठ प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले
बरामद गरेको हो ।
बरामद काठ आवश्यक कारवाहीको लागि सब–डिभिजन बन कार्याल ठाकुरापुरमा
बुझार्ईएको छ ।