रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा इलाकाबाट भाद्र १०
गते सशस्त्र प्रहरीले १ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको चोरीपैठारीको
विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको
लत्ताकपडा, ईलेक्ट्रिक सामान, मोटरसाइकलका पाटर््स र किराना सामान
प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बरामद गरेको हो ।
बरामद सामानहरु भन्सार कार्यालय भैरहवामा बुझाइएको छ ।