ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ चारमाईलस्थित सीमा ईलाकाबाट करीव १
लाख ७६ हजार ६ सय रुपैयाँ बराबरको चोरीपैठारीको सामान सशस्त्र प्रहरीले
भाद्र ६ गते बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५
कार्टुन कुरकुरे, कस्मेटिक तथा इलेक्ट्रोनिक सामान प्रस्तावित सीमा
सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो ।
        बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।

APF