चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र
प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका
– ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए ।
उनी पुलबाट त्रिशुली नदिमा हाम फाल्नको लागि झुन्डिएको खबर प्राप्त भए
पश्चात बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको
टोलीले रोप रेस्क्यु बिधिबाट निजलाई जिवितै उद्धार गरी उपचारको लागि
मुग्लिन हाईवे अस्पतालमा पठाएको हो । उनी किन हामफाल्न खोजे भन्ने खुलेको
छैन ।
यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका १६ शिवघाट स्थित नारायणी
नदिमा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरीले भाद्र २ गते फेला
पारेको छ ।
अन्दाजी २० वर्षिय सिजन बि.क. साउन १ गते पौडी खेल्ने क्रममा नदिमा डुवी
बेपत्ता भएको जानकारी पाएपश्चात विपद् व्यवस्थापन तालिम शिक्षालय
कुरिनटारबाट गोताखोरसहितको टोलीले उनको शव नदिको बीच भागमा गाडिएको
अवस्थामा फेला पारी आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाएको हो
।