कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १५ कनरी ईलाकाबाट साउन ३० गते
सशस्त्र प्रहरीले करीव १ लाख ३८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको हातमा बाध्ने राखि
बिओपी फुलवारीले बरामद गरेको हो ।
        यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १० रोडशेष र सोही
महानगरपालिका ९ महेन्द्र चोक ईलाकाबाट साउन ३० गते करीव २ लाख रुपैयाँ
बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले बरामद गरेको हो ।
        बरामद लत्ताकपडा तथा सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

APF