कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटिहवाबाट साउन २८
गते सशस्त्र प्रहरीले ३ लाख ९१ हजार रुपैयाँ बराबरको खाद्यन्न सामान र
एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        बेवारिसे अवस्थामा रहेको यु.पि ७८ बि ९७२४ नम्बरको भारतीय मोटरसाईकल र
सामान नं. २८ गण कपिलबस्तुले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएको सामान तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय
कपिलवस्तुमा बुझाईएको छ ।
        यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १९ पच्चीसघर बजार ईलाकाबाट
साउन २८ गते सशस्त्र प्रहरीले २ लाख ९८ हजार ५ सय रुपैयाँ बराबरको हातमा
बाँध्ने विभिन्न प्रकारका सामानसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ

        यु.पि २६ ए.एम ००८२ नम्बरको भारतीय मोटरसाईकलमा राखेर भारतबाट अबैध
रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको सामान बिओपी फुलबारीले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल कैलाली भन्सार कार्यालयमा बुझाईएको छ ।
 

APF