झापा, झापा जिल्लाको अर्जुनधारा नगरपालिका ४ दोकान डाँडाबाट असोज २२ गते एपीएफ टोलीले करीव २५ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला काठ ल्याउने व्यक्तिले टाढैबाट एपीएफ टोलीलाई देख्नासाथै उक्त काठ सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद काठ स्थानीय वन उपभोक्ता समितीको कार्यालयमा बुझाईएको छ ।
APF