काठमाडौं,
सर्लाही जिल्लाको बसवरिया गाउँपालिका ६ चोहर्वा स्थित सीमा ईलाकाबाट
असोज २३ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतीय नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त
लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
लत्ताकपडा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख सात हजार एक सय
रुपैयाँ रहेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको
एपीएफ टोलीले असोज २३ गते गरीव एक लाख दुई हजार रुपैयाँ बराबरको
चोरीपैठारीनिकासीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको किराना सामान तथा लत्ताकपडा र
नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी तथा केराउ एपीएफ टोलीले महोत्तरी
जिल्लाको मटिहानी नगरपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।