पर्सा,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका २९ स्थित रतनपुर ईलाकाबाट जेठ ४ गते
एपीएफ टोली, नेपाल प्रहरी र सब डिभिजन वन कार्यालय सबैयाको कर्मचारीले
करीव ८४ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।
सोही ठाउँमा रहेको जंगलबाट कटान गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित
मुल्य बराबरको २४ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल
सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोली, नेपाल प्रहरी र वन कार्यालयको
कर्मचारीले बरामद गरेको हो ।
बरामद काठ सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।