सर्लाही,
सर्लाही जिल्लाको हरिवन नगरपालिका ७ सुकुम्वासी टोलबाट बैशाख २६ गते
एपीएफ टोली र वन कार्यालका कर्मचारीले करीव ८० हजार रुपैयाँ बराबरको १०
थान गोलिया काठ बरामद गरेको छ ।
सोही ठाउँमा जमिनमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको
४० क्यूफिट काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरहराबाट खटिएको
एपीएफ टोली र वन कार्यालयका कर्मचारीले बरामद गरेको हो ।
बरामद काठ सागरनाथ वन परियोजना शाखा कार्यालय धरहरामा बुझाईएको छ ।