धनुषा,
धनुषा जिल्लाको बिदेह नगरपालिका ३ ईटहरुवा खैरहानीबाट फागुन २२ गते
एपीएफ टोलीले करीव दुई लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा र लेडिज चप्पल बरामद गरेको छ ।
भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले भन्सार छली ल्याउदै गरेको
अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र
नम्बर ७ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल
समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा
बुझाएको छ । उक्त मोटरसाईकलहरुको भन्सार दाखिल मुल्य दुई लाख रुपैयाँ
रहेको छ ।