धनुषा,
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका २ कठालबाट एपीएफ टोलीले फागुन १३
गते करीव चार लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ३ सखुवामडान बस्ने २०
वर्षिय चन्दिरकुमार यादव छन् ।
भारबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा तथा सुर्तीजन्य सामानसहित निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल
नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण हेक्वा
धनुषाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल
समेत बरामद गरेको छ ।
एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद सामान तथा मोटरसाईकलसहित
आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद
मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख ५० हजार रुपैयाँ रहेको छ ।