काठमाडौं,
ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित बसपार्कबाट माघ १४ गते एपीएफ
टोलीले करीव दुई लाख ५४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको मे १ ज २७२२
नम्बरको मारुती भ्यान समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मारुती भ्यान भन्सार कार्यालय
पशुपतिनगरमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको
एपीएफ टोलीले माघ १५ गते करीव एक लाख १० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य
बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज
महानगरपालिका १६ स्थित बाईपास रोडबाट बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।