काठमाडौं,
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेजबाट
एपीएफ टोलीले माघ १ गते करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
ना १ ख ८७६३ नम्बरको यात्रुवाहक बसमा अवैध रुपले लैजाँदै गरेको अवस्थामा
उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस भारदहबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट
एपीएफ टोलीले माघ १ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४
गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ ।
यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका ५ स्थित कठालबाट माघ १ गते
एपीएफ टोलीले करीव एक लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले बरामद
गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको
एपीएफ टोलीले माघ १ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य
बराबरको किराना सामान तथा १२ थान मोवाईल सेट एपीएफ टोलीले रौतहट जिल्लाको
गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।