काठमाडौं,
झापा जिल्लाको मेची नगरपालिका ६ स्थित बसपार्क ईलाकाबाट पौष १० गते
एपीएफ टोलीले करीव दुई लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
कस्मेटिक सामान, लत्ताकपडा तथा औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८
गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट
खटिएको एपीएफ टोलीले पौष ११ गते करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ
टोलीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सुर्यायीबाट बरामद
गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।