रुपन्देही,
रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट
एपीएफ टोलीले पौष ८ गते करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको
चोरीपैठारीको जेनेरेटर बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेका उक्त जेनेरेटर सशस्त्र
प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ
टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद जेनेरेटर भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ ।