पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका १२ स्थित भुमहीबाट मंसीर ५
गते एपीएफ टोलीले करीव सात लाख २५ हजार रुपैयाँ बराबरको चौपायासहित
एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ५ बस्ने ४१ वर्षिय
सुनिल भुजेल छन् ।
सशस्त्र प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट परासीबाट खटिएको एपीएफ
टोलीले ना ५ ख १३४१ नम्वरको ट्रकमा जाँच गर्दा बिना कागजपत्र उल्लेखित
मुल्य बराबरको २९ वटा गोरु ल्याउदै गरेको फेला परेपछि उनलाई पक्राउ
गरिएको हो ।
एपीएफ टोलीले त्यसबेला उक्त ट्रकसमेत बरामद गरेकोे छ ।
एपीएफ टोलीले निज भुजेललाई बरामद गोरु तथा ट्रकसहित आवश्यक कारवाहीको
लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ । उक्त गोरु
तथा ट्रकको भन्सार दाखिला मुल्य ३७ लाख २५ हजार रुपैयाँ रहेको छ ।