काठमाडौं,
रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ डण्डाबाट कार्तिक २६ गते
एपीएफ टोलीले करिव एक लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य
बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८
गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ
टोलीले कार्तिक २६ गते करिव एक लाख नौ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा एपीएफ
टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ५ बाट बरामद गरेको हो ।
बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।