काठमाडौं,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट एपीएफ टोलीले कार्तिक २४ गते करीव एक लाख ५९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले कार्तिक २३ गते करीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
बा ३ ख ७५४७ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ६ स्थित सपगडा ईलाकाबाट बरामद गरेको हो ।