महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित बिसनपुरबाट कार्तिक २४ गते एपीएफ टोलीले करीव एक लाख ८० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २० वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद खसी आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।
APF