काठमाडौं,
सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व-पश्चिम लोकमार्गबाट कार्तिक १० गते एपीएफ टोलीले करीब ४ लाख २५ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा जु्त्ताचप्पल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो ।
बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४०३६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा नक्कली बिल बनाई अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको हो ।
बरामद लत्ताकपडा तथा जुत्ताचप्पल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले कार्तिक १० गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वरबाट करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।